खेलकुद

अस्ट्रेलियाविरुद्धको सिरिजमा भारतको कब्जा

काठमाडौँ । भारतले अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिज जितेको छ । मंगलबार सम्पन्न चौथो टेस्ट ३ विकेटले जितेपछि भारतले टेस्ट सिरिज २-१ ले जितेको हो ।


चौथो टेस्टमा अस्ट्रेलियाले दिएको ३२८ रनको लक्ष्यलाई भारतले ७ विकेट गुमाउदै पाँचौं दिनको खेलको ३ ओभर अगाडीनै पुरा गरेको थियो ।

अस्ट्रेलियाले ब्रिसबेनमा सन १९८८ पछि पहिलो पटक टेस्ट खेलमा हार बेहोरेको छ ।

भारतलाई चौथो टेस्ट जिताउन शुभमन गीलले ९१ रन बनाए भने ऋषव पन्तले अविजित ८९ रन बनाएका थिए । त्यस्तौ चैतेश्वर पुजाराले ५६ रन बनाए भने वाशिंटन सुन्दरले २२ रन बनाए ।

त्यस्तै कप्तान आजिख्य रहानेले २४ र रोहित शर्माले ७ तथा मयंक अग्रवालले ९ रन बनाएका थिए ।

त्यस्तै अस्ट्रेलियाका बलर पाट कमिन्सले ४ विकेट लिए भने नाथन लायनले २ तथा जोस हजेलवूडले एक विकेट लिए ।

यसअघि अस्ट्रेलियाले पहिलो इनिंगमा ३६९ रन बनाएको थियो भने भारतले ३३६ रन बनाएको थियो । त्यस्तै अस्ट्रेलियाले आफ्नो दोस्रो इनिंगमा २९४ रन बनाएको थियो ।

यो जितसँगै चार टेस्टको सिरिजमा भारतले २-१ ले जित हासिल गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *