ताजा समाचार

ह्वाइट हाउसबाट बाहिरिदै ट्रम्पले भने, ‘अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन’

एजेन्सी । आफ्नो कार्यकालको अन्तिम दिन अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ह्वाइट हाउसबाट बिदाइ सम्बोधन गरेका छन्।
भिडिओ सम्बोधनमा बोल्दै उनले हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ भन्ने सन्देश दिएका छन् ।

हाल व्यक्तिगत सामाजिक सञ्जाल प्रयोग गर्नबाट वञ्चित रहेका ट्रम्पले आफ्नो बिदाई सम्बोधन छोटो भिडिओबाट दिएका छन् ।

‘अमेरिका कातर आत्माहरूको कातर राष्ट्र होइन जसलाई उनीहरूले विमति राख्नेबाट जोगाउन वा सुरक्षित पार्नुपर्छ,’ उनले भने।

ूहामी सदा सबै संसारका निम्ति आशा, प्रकाश तथा गौरवको भूमि हौँ र रहनुपर्छ।ू

नयाँ प्रशासनबारे बोल्दै उनले भने, ‘हामी (नयाँ प्रशासन) ले अमेरिकालाई सुरक्षित र सम्पन्न तुल्याइराख्नमा सफल होस् भनेर कामना गर्छौँ।’

क्यापिटल दङ्गाबारे बोल्दै उनले ‘राजनीतिक हिंसा भनेको अमेरिकीका रूपमा हामीले गौरव गर्ने सबै चीजमाथिको आक्रमण हो। त्यसलाई कहिल्यै पनि सहन सकिन्न।’

त्यस्तै आफ्नो विरासतबारे उनले भने ‘अहिले जब म बुधवार नयाँ प्रशासनलाई सत्ताको बागडोर सुम्पँदैछु, म चाहन्छु कि तपाइँहरूले बुझ्नुहोस् हामीले थालेको आन्दोलन बल्ल सुरु हुँदैछ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट