रिबन

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेश भएका दुई प्रदेशको हिउँदे अधिवेशन आजदेखि

काठमाडौं । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएका बागमती र प्रदेश नम्बर १ मा आजदेखि हिउँदे अधिवेशन सुरु भएको छ । आज बुधबार दुबै प्रदेश सभा बैठक बस्न लागेको छन्।

प्रदेश नम्बर १ को बैठक दिउँसो २ बजे बोलाइएको छ। यस्तै बागमती प्रदेशमा आज अपरान्ह ३ बजे बैठक बस्नेछ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव यसअघि नै दर्ता भइसकेको छ ।

दुबै प्रदेशका मुख्यमन्त्रीहरुविरुद्ध आफ्नै दलमा सांसद्ले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । नेकपाको प्रचण्ड(नेपाल पक्षले बागमती र प्रदेश नम्बर १ मा मुख्यमन्त्रीहरू विरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा पुस ५ मा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ। यसको असर केन्द्रदेखि प्रदेश तथा स्थानीय तहहरूमा पनि देखिएको छ।

अब दुबै प्रदेशकाे मुख्यमन्त्रीकाे भाग्य कांग्रेसका सांसद्काे हातमा हुनेछ । यदी नेकपाकै सांसद्हरूले मुख्यमन्त्रीकाे साथ नदिने हाे भने कांग्रेसका सांसद्का भाेट निर्णायक हुनेछ । यद्यपी कांग्रेसले अविश्वास प्रस्तावकाे पक्ष विपक्षमा कता भाेट हाल्ने भन्ने अाफ्नाे स्पष्ट भनाइ अझै राखेकाे छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *