मनोरञ्जन

सुपरहिट चलचित्र ‘६ माया छपक्कै’ अब युट्युबमा हेर्न सकिने (भिडियो)

काठमाडौं । गत वर्षको सुपरहिट चलचित्र ‘६ माया छपक्कै’ अब युट्युबमा हेर्न सकिने भएको छ । दीपकराज गिरी र रोहित अधिकारीले निर्माण गरेको चलचित्रको निर्देशन दीपेन्द्र लामाले गरेका हुन् ।
चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाललगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रले १० करोडभन्दा माथिको व्यापार गरेको बताइएको थियो ।
पछिल्लो समय नेपाली चलचित्र युट्युबमा पनि खुबै मन पराउन थालिएको छ । केही अघि ‘छक्का पञ्जा ३’ चलचित्र रिलिज भएको थियो । जुन दुई सातासम्म ट्रेन्डिङ १ मा रहन सफल भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट