रिबन

एउटै अभिव्यक्तिले जनताको निसानामा प्रचण्ड

काठमाडौं । यतिबेला नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आमजनताको निसानामा परेका छन् । खासगरी बौद्धिक वर्ग र सामाजिक सञ्जालमा उनको तीव्र आलोचना भइरहेको छ ।
हुन त प्रचण्डले यस्ता धेरै आलोचना र विरोध सहँदै सहँदै आएका हुन् । तर, पछिल्लोपटक उनीमाथिको आलोचनाले प्रचण्डको राजनीतिक भविष्यमाथि भने प्रहार भइरहेको छ । जसको असर सन्निकट आमनिर्वाचनमा देखिने आकलन गरिएको छ ।

चार दिनअद्धि प्रचण्डले युवा संघको बैठकमा ‘आफ्नो टाउको चिलाएको भन्दै आन्दोलन आक्रामक र आवेगपूर्ण गर्न’ कार्यकर्तालाई निर्देशन दिएका थिए । उनको त्यही अभिव्यक्तिको अहिले तीव्र आलोचना भइरहेको हो ।

प्रचण्डले फेरि पनि सडक आन्दोलन हिंसात्मक बनाउन कार्यकर्तालाई उचालेको, पहिले १७ हजार नेपालीको ज्यान गुमाएर नपुगेको भन्दै उनको आलोचना भइरहेको हो । अब त नेपाली नागरिकले शान्ति र राजनीतिक स्थिरताको आशा गरिरहेका बेला प्रचण्डले दिएको यस्तो अभिव्यक्तिले उनी अझै पनि हिंसात्मक बाटो अख्तियार गर्ने मनस्थितिमा रहेको भन्दै तीव्र आलोचना भएपछि मंगलबार प्रेस संगठनको भेलामा प्रचण्डले आफूले हिंसा मच्चाउन नभई आन्दोलन आक्रामक र आवेगपूर्ण बनाउन निर्देशन दिएको भन्दै अभिव्यक्ति सच्याउने प्रयास गरेका थिए । तर, धेरैलाई प्रचण्डको त्यो स्पष्टीकरणले चित्त बुझेको छैन ।

यदि प्रचण्डले यस्तै अभिव्यक्ति दिँदै गएमा नागरिक समाज र तप्काले त्यसलाई चुनावताका व्यापक बनाउने र नेकपालाई अप्ठेरो हुने अनुमान गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *