समाचार

मालपोत कार्यालय ललितपुरका नासु श्रेष्ठ ४० हजार घुससहित पक्राउ

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ ४० हजार घुस रकमसहित पक्राउ परेका छन् ।

लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठले सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्साअनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउन अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटी गएको टोलीले मन्दिपकुमार श्रेष्ठ र रमेशलाल श्रेष्ठले सेवाग्राहीबाट ४० हजार घुस रकम लिइसकेको अवस्थामा मंगलबार लगनखेल बसपार्कबाट दुवैलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

दुवैजना अहिले अख्तियारको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *