
काठमाडौं । काठमाडौंमा जारी चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेशले नेपाल पुलिस क्लबलाई १ सय ११ रनको समान्य लक्ष्य दिएको छ ।
कीर्तिपुस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट ग्राउण्डमा टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ३३.१ ओभरमा सबै विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो ।
पहिलो ओभरमै प्रारम्भिक ब्याट्सम्यान सन्तोस भट्ट शून्य रनमा रनआउट हुन पुगे । दोस्रो विकेटका लागि खडक बोहरा र सञ्जु दमईले ८० रनको सझेदारी गर्दै पारीलाई उकास्ने प्रयास गरे । बोहराले ४० तथा दमाईले ३५ रन बनाए ।
यस्तै, सुदूरपश्चिमका अरुण ऐरीले १३ तथा अर्जुन साउदले १० जोड्दा अन्य खेलाडीले उल्लेखनीय रन बनाउन सकेन । सुदूरपश्चिमका पाँच जना ब्याट्सम्यान शून्य रनमा पेभलियन फर्किए ।
पुलिसका दीपेन्द्र सिंह ऐरी र सागर ढकालले समान ४–४ विकेट लिए ।