विश्व

ट्रम्पले कार्यकालको अन्त्यमा ७३ जनालाई दिए माफी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको अन्तिम समयमा ७३ जनालाई माफी प्रदान गरेका छन्। आफ्ना पूर्व निर्वाचन अभियन्ता तथा सहयोगी स्टिभ बेननसहित ७३ जनालाई सबै प्रकारका कानूनी कारवाहीबाट मुक्त हुने गरि माफी प्रदान गरेका हुन्।

ह्वाइट हाउसका पूर्व रणनीतिकारसमेत रहेका बनेन मेक्सिकोको सीमा क्षेत्रमा पर्खाल बनाउनका लागि चन्दा संकलन गरेको आरोपमा पक्राउ परेका थिए । पर्खाल बनाउनका लागि १० लाख अमेरिकी डलर सर्वसाधारणहरुसँग उठाएको आरोप उनीमाथि छ ।

यसअघि सन् २०१७ यता ट्रम्पले झन्डै ९० जनालाई क्षमदान दिइसकेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट