राजनीति

बाबुराममाथि करिश्माको कटाक्ष, यही हो नेपालीले पाएको गणतन्त्र ?

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर केही समय राजनीतिमा पनि लागिन् । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपाल पार्टीमा करिश्मा केन्द्रीय सदस्यसमेत थिइन् । तर, त्यो पार्टीको पहिलो महाधिवेशन नै नभई विघटन भयो ।

दुई वर्ष एउटै पार्टीमा रहेर राजनीति गरेकी करिश्माले बाबुराममाथि नै कटाक्ष गरेकी छन् । उनले पढेलेखेको मान्छे भएर पनि बाबुरामले सधैं अर्कै पार्टीको विरोध र निन्दा गरेको भन्दै कटाक्ष गरेकी हुन् ।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत करिश्माले बाबुराम जस्तो पढेलेखेको, राजनीति गर्ने मानिसको ऊर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देखेर आफूलाई दुःख लागेको उल्लेख गरेकी छन् । उनले प्रश्न गरेकी छन्, ‘यही हो राजनीतिक संस्कार ? देशको विकास कहिले हुने ?’

करिश्माले लेखेकी छन्, ‘तपाईं जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उmर्जा अर्को पार्टीको बिरोधमा मात्रै सीमित भएको देखेर दुःख लाग्छ डा. साब । यही हो नेपालीले पाएको गणतन्त्र ? यही हो राजनीतिक संस्कार ? देशको विकास कहिले हुने ?’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट