समाचार

काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा भोला थापा नियुक्त

काठमाडौं । काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा. भोला थापा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं केयूका कुलपति प्रधानमन्त्री केपी ओलीले काठमाडौं विश्वविद्यालयका पूर्वरजिस्ट्रार थापालाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

केही दिनअघि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रा.डा.सुरेशराज शर्मा र पूर्वसभामुख दमननाथ ढुंगाना रहेको सर्च कमिटीले हालका उपकुलपति प्रा.डा.रामकण्ठ माकाजू, थापा र बालाचन्द्र लुइँटेललाई उपकुलपति नियुक्तिका लागि सिफारिस गरेको थियो ।

माकाजूले तेस्रो कार्यकालका लागि नियुक्त हुन आफूलाई सिफारिसमा पारेको भन्दै केयू प्राध्यापक संघले आपत्ति जनाएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *