समाचार

प्रचण्डको सन्देश, ओलीसँग तत्काल एकता हुँदैन

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीसँग तत्काल एकता नहुने सन्देश दिएका छन् । बुधबार विभिन्न सम्पादकहरूसँग होटल याक एन्ड यतिमा आयोजित अन्तरक्रियामा प्रचण्डले त्यस्तो सन्देश दिएका हुन् ।

‘केपी ओलीको व्यवहार र प्रवृत्तिको कारणले यस्तो अवस्था संकट आयो उहाँले पद छाड्न पर्दा कुर्सी, भाँच्ने घरमा आगो लगाउने काम गर्नुभयो,’ प्रचण्डले भने, ‘त्यसैले अहिले तत्काल उहाँसँग एकता हुने म चाहिँ देख्दिनँ, राजनीति हो पछि के हुन्छ भन्ने थाहा छैन।’

प्रधानमन्त्री ओलीले तत्कालै आफूले गरेको गल्ती स्वीकार गरेर पार्टीमा फर्कने अवस्था रहेको तर ओलीले त्यसो गर्न नसक्ने प्रचण्डको भनाइ थियो । ‘उहाँले पनि गल्ती स्वीकार गरेर फर्किने अवस्था म देख्दिनँ, ओली गल्ती स्वीकार गरेर नफर्किएपछि एकता हुने कुरै भएन,’ उनले भने।

प्रचण्डले आफूले केही दिनअघि दिएको अभिव्यक्तिले भ्रम सिर्जना गरेको भन्दै स्पष्टीकरण पनि दिए । उनले आफूले हिंसात्मक आन्दोलन नचाहेको तर आक्रामक र आवेगपूर्ण दबाब आवश्यक रहेको बताएका थिए । प्रतिगमनविरुद्धको आन्दोलन तत्काल नरोकिने पनि प्रस्ट पारे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *