खेलकुद

आर्मी र पुलिस गोलरहित बराबरीमा रोकिए

काठमाडौं । बुधबारदेखि शुरू भएको राष्ट्रिय महिला लिगको पहिलो खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी फुटबल क्लबले गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलका लागि निरन्तर प्रयास गरे पनि फिनिसिङमा चुक्दा उद्घाटन खेल नै गोलरहित बराबरीमा टुङ्गिएको हो ।

दशरथ रंगशालामा भएको खेलको १२औँ मिनेटमा आर्मीकी सपना लामाले गोल गर्ने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता लिनबाट बञ्चित भएको थियो ।

यस्तै, ३१औँ मिनेटमा निरु थापाले गोल गर्ने अर्को अवसर गुमाइन् । खेलको अन्त्यसम्म आर्मीले गोल गर्ने थुप्रै अवसरहरु पाए पनि गोलमा परिणत भने गर्न सकेन ।

बराबरीसँगै दुबै टोलीले अंक बाँडेका छन् । बिहीबार एन्फा कम्प्लेक्समा विभागीय टोली एपिएफ र चन्द्रपुर नगरपालिका तथा विराटनगर महानगरपालिका र वालिङ नगरपालिकाबीच खेल हुनेछ ।

प्रतियोगितामा सहभागी टिमहरुमा विराटनगर महानगरपालिका, चन्द्रपुर नगरपालिका रौतहट, वालिङ नगरपालिका स्याङजा, चौदण्डगढी नगरपालिका उदयपुर, नेपाल एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब रहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट