शिक्षा / स्वास्थ्य

थप ३ सय १८ मा कोरोना संक्रमण पुष्टि, आज ६ को मृत्यु

काठमाडौं । बुधबार ३ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ९ सय ७५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ८३ जना निको भएर फर्किएका छन्। कोरोनाबाट निको हुनेको कुल संख्या २ लाख ६२ हजार ६४२ पुगेको छ। हालसम्म सक्रिय कोराना संक्रमितका संख्या ३ हजार ६ सय ९३ रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट