अर्थ

चन्द्रागिरी हिल्सको आईपीओ प्रि- अलोेटमेन्ट आज हुँदै

काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओ प्रि- अलोटमेन्ट आज (बुधवार) हुने भएको छ । प्रि- अलोटमेन्ट बुधवार हुने जानकारी विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको हो ।

क्यापिटलका अनुसार बुधवार बेलुकासम्म प्रि- अलोटमेन्ट भएसँगै कम्पनीको आईपीओ बाँडफाँटको टुंगो लाग्नेछ । कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म दोस्रो चरणमा सर्वसाधारणको लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर निष्कासन गरेको थियो ।

६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आईपीओमा १२ लाख ५१ हजार १० आवेदकले रू. २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताका लागि आवेदन दिएका थिए । यस अनुसार यो माग भन्दा १७ दशमलव ५३ गुणा बढी आवेदन परेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट