राजनीति

दलहरुको गतिविधिले अदालत प्रभावित हुँदैनः प्रधानन्यायाधीश

काठमाडौं । राजनीतिक दलको गतिविधिले सर्वोच्च अदालत प्रभावित नहुने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा बताएका छन् । उनले भने, ‘प्रतिनिधिसभा विघटनका विषयमा राजनीतिक दलहरुले गरिरहेका गतिविधिबाट अदालत प्रभावित हुँदैन ।’

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा प्रधानन्यायाधीश जबराले बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताएका हुन् । रिट निवेदक कञ्चनकृष्ण न्यौपानेले प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमा संसद पुनःस्थापना हुँदैन भनिरहेको बताए ।

कार्यपालिका प्रमुखले शक्तिपृथकीकरणको सिद्धान्त विपरीत बोलेको भन्दै न्यौपानेले प्रधानमन्त्रीले अदालतको कार्यक्षेत्रमा हस्तक्षेप गरिरहेको बताए । न्यौपानेलाई रोक्दै प्रधानन्यायाधीश जबराले ‘बाहिरको कुराले तपाइँ प्रभावित हुनुहुन्छ भन्ने प्रश्न गर्दै तपाईं हुनुहुन्न भने हामी पनि हुन्नौं भनेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट