खेलकुद

युइएफएको २०२० को बर्ष टिम चयन

काठमाडौँ । युरोपियन फुटबल फेडेरेसन (युइएफए) ले २०२० को पुरुष फुटबलको बर्षको टिम चयन गरेको छ ।


फ्यानहरुको मतको आधारमा बर्षको टिममा विभिन्न ७ क्लब र ९ देशका ११ खेलाडीलाई चयन गरेको छ ।

युइएफए बर्षको टिम-२०२० मा तीन खेलाडीले डेभ्यु गरेका छन् । जसमा अहिले लिभरपुलबाट खेल्ने स्पेनका थियागो अल्कान्टारा, बायर्नका जर्मनी खेलाडीहरु जोशुवा किमिच र क्यानाडाका अल्फोन्सो डाभिज रहेका छन् ।

युइएफएको बर्ष टिममा परेका खेलाडीमा बायर्न म्युनिखबाट जर्मनी गोलकिपर मानुएल नेउयर, जर्मनीका जोशुवा किमिच, क्यानाडाका अल्फोन्सो डाभिज र पोल्याण्डका रोबेर्ट लेवानडोस्की रहेका छन् । त्यस्तै स्पेनका लिभरपुलबाट खेल्ने थियागो अल्कान्टारा र रियल म्याड्रिडबाट खेल्ने सर्जियो रामोस रहेका छन् ।

त्यस्तै नेदरल्यान्ड्सका लिभरपुलबाट खेल्ने भर्गिल भानडाइक, बेल्जियमका म्यानचेस्टर सिटीबाट खेल्ने केभिन डी ब्रुने, पोर्चुगलका युभेन्टसबाट खेल्ने क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका बार्सिलोनाबाट खेल्ने लियोनेल मेसी र ब्राजिलका पिएसजीबाट खेल्ने नेइमार रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट