राजनीति

‘कांग्रेसलाई सरकारमा जान हतार छैन’

हेटौडा । बागमति प्रदेशमा नेपाली कांग्रेसलाई सत्तामा जान हतार नभएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले बताए । बागमति प्रदेशसभाको सातौं अधिवेशनमा बोल्दै नेता बानियाँले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक झगडाले प्रदेशसभा नै संकटमा परेको बताए । प्रदेशसभाको रक्षा सबै एकजुट हुन उनले आह्वान गरे ।

नेता बानियाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र कमजोर बनाउने खेल गरेको आरोप लगाए । उनले जनताले स्थिर सरकारका लागि भोट दिएको अवस्थामा प्रधानमन्त्री ओलीले नै अस्थिरता पैदा गराउने काम गरेको बताए ।

नेकपाले जनताको मतलाई अपमान गरेको बताए । उनले भने, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि नेकपा अझै पनि नफुटोस् भन्ने शुभकामना नेपाली कांग्रेसले दिन्छ ।

लोकतन्त्र र संघीय व्यवस्थाप्रति वितृष्णा पैदा गराउने काम गरेको भन्दै उनले संघीय सदन विघटन गर्दै यसलाई झन बढावा दिने काम भएको नेता बानियाँले बताए । उनले जनता, मतदाता, संचारमाध्यम सबैले प्रदेशसभा विघटन होला कि भन्ने चिन्ता रहेको भन्दै संघीय व्यवस्था जोगाउन पनि नेपाली कांग्रेसले प्रदेशसभा जोगाउन जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताए।

राजनैतिक स्थिरता विना सुखी र खुशी सपनामा मात्रै देख्न सकिने भएकाले स्थिरताका लागि एकजुट हुन आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट