रिबन

भारतले दिएको १० लाख खोप आज नेपाल आइपुग्ने, पहिलो प्राथमिकता कसलाई ?

काठमाडौँ । नेपाललाई भारत सरकारले अनुदान दिएकोे कोभिड–१९ विरुद्धको १० लाख मात्राको खोप आज नेपाल ल्याइँदे छ ।

नेपाल सरकारले बुधबार पत्रकार सम्मेलन गरी खाेपकाे पहिलाे खेप बिहिबार नेपाल अाउने जनाएकाे थियाे ।
सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ ।

नेपालले कुल जनसङ्ख्याको ७२ प्रतिशतलाई खोप लगाउन उपयुक्त जनसङ्ख्याका रुपमा तय गरिसकेको छ । खोपका लागि उपयुक्त ७२ प्रतिशतमध्ये तीन प्रतिशत सफाइकर्मी, चिकित्साकर्मी, शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी र एम्बुलेन्सकर्मीलाई पहिलो प्राथमिकतामा राखेर अभियान सञ्चालन गरिने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट