समाचार

प्रतिनिधिसभा विघटनविरुद्ध आज छ हजार सात सय ४३ वडामा कांग्रेसको विरोध प्रदर्शन

संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध कांग्रेस एकमत

काठमाडौं। नेपाली कांग्रेसले आज देशभरका छ हजार सात सय ४३ वडामा सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध विरोध प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटनको घटनाविरुद्ध कांग्रेसले ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन गर्ने भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको कम्युनिष्ट सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेसले चरणवद्ध विरोध प्रदर्शन र सभाको आयोजना गर्दै आएको छ । पुस ५ गते विघटनकै दिन पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठक मार्फत पार्टीको धारणा सार्वजनिक, पुस ६ गते सर्वदलीय बैठक आयोजना, पुस ७ गते केन्द्रीय कार्यसमिति बैठक प्रारम्भ गरी संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेर नेपाली कांग्रेसले पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकाहरुमा विरोध प्रदर्शन गरेको थियो । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्य विरुद्ध कांग्रेस एकमत भएर अघि बढेकाे छ ।

पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको सबै तहका साथीहरूसंगै समस्त लोकतन्त्रवादीमा आजको विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यवद्धता प्रकट गर्न अपील गरेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट