रिबन

कोरोनाविरुद्धको भ्याक्सिन लिएर नेपाल आउँदै गरेको विमान (फिचरसहित)

काठमाडौं । भारतले नेपाललाई कोरोना भाइरसविरुद्ध अनुदानमा दिएको १० लाख डोजको पहिलो खेप आज आउँदैछ । एयर एन्डिया विमानले भ्याक्सिन बोकेर नेपाल आउन लागेको हो ।

केही समयअघि नै भ्याक्सिन विमानमा राखिसकिएको छ । स्वास्थ्य मन्त्रालय र भारतीय दूतावासले बुधबार गरेको पत्रकार सम्मेलनमा नेपालका लागि पहिलो खेपको भ्याक्सिन बिहीबार आउने जानकारी गराइएको थियो । भारतले बुधबारदेखि भुटान, बंगलादेश, माल्दिभ्स र नेपाललाई कोभिडविरुद्धको भ्याक्सिन दिने निर्णय गरेको थियो ।

नेपालले पाएको १० लाख खोप सुरुमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा लगाइने भएको छ । नेपाल सरकारले अस्पतालमै खोपको व्यवस्था हुने जानकारी दिएको छ । अबको एक हप्तापछि कोभिडविरुद्धको खोप लगाउन सुरु गरिने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट