राजनीति

संखुवासभा-अमेरिका जनसम्पर्क समितिका अध्यक्ष गिरी निष्कासित, नयाँ संयोजकमा गौली


काठमाडौं । संखुवासभा–अमेरिका जनसम्पर्क समितिको अध्यक्षबाट कृष्ण गिरीलाई निष्कासित गरिएको छ । समितिको बहुमत भेलाले गिरीलाई हटाएर संयोजकमा विनोद गौलीलाई चयन गरेको छ । गौली संयोजक चयन भएसँगै कांग्रेसजन हर्षित बनेका छन् ।

गत जुलाईमा गठित समितिका अध्यक्ष गिरीलाई हटाएको हो । गिरीको गैरकांग्रेसी चरित्र र हुकुमी शैलीका कारण समितिका बहुमत सदस्यले हटाउन बाध्य भएका हुन् । गिरीले स्थापनाकालदेखि समितिका पदाधिकारी र सदस्यहरुको सल्लाहविना एकलौटी ढंगले मनोमानी संस्थाको नाम र व्यानर अन्य संस्थासँग मिलेर दुरुपयोग गर्दै आएको बहुमत सदस्यको आरोप छ ।
यसैगरी, जिल्लाका पूर्व राज्यमन्त्रीहरुलाई चुनाव हराउने धम्कीपूर्ण अभिव्यक्ति दिँदै हिँडेको, सिंगो समिति र नेपाली कांग्रेसको नै बदनाम हुने काम गर्दै हिँडेको आरोप लागेका गिरी अध्यक्षबाट निष्कासित भएका हुन् ।

गिरीविरुद्ध समितिका सचिव दिनेश डाँगीले सिंगो समितिको तर्फबाट अविश्वासको प्रस्ताव भेलामा प्रस्तुत गरेका थिए । १५ जना सहभागी भेलामा दुईजना सहभागी तटस्थ रहे भने बाँकी १३ जना गिरीको बर्हिगमनको पक्षमा उभिएपछि अध्यक्ष गिरीले अभद्र व्यवहार ब्यवहार देखाई चिच्याई आफ्नो कम्प्युटर नै तोडफोड गरी मिटिंग छोडेर हिँडेका थिए । त्यसपछि समितिका सल्लाहकार नेतृ पीयुष दाहाल, धर्मराज श्रेष्ठको रोहवरमा वरिष्ठ उपाध्यक्ष महिपाल घिमिरेको अध्यक्षतामा वैठकको कारबाही अघि बढाइएको थियो ।

समिति भंग भएको घोषणा महासचिव पद्मराज तामाङले गरेका थिए । उनले यसरी गिरीको रवैयाविरुद्ध सवै सदस्य एक भई संस्थालाई गति दिने तामाङले जोड दिए । पूर्ण असफल र संस्थालाई निकास दिन नसक्ने र संस्था हाँक्न नयाँ नेतृत्वको आवश्यकता रहेको उपाध्यक्ष अर्जुन कार्कीले बैठकमा धारणा राखेका थिए ।

समितिका वरिष्ठ उपाध्यक्ष महिपाल घिमिरेले संस्था जीवित राख्ने गरी अध्यक्ष हटाइएको जानकारी दिए ।
संयोजक गौलीले नयाँ समितिलाई चाँडै पूर्णता दिइने र सबैलाई समेटेर अझ सशक्त बनाएर जाने र संखुवासभा कांग्रेसलाई सहयोग पुर्याउन आफ्नो महत्वपूर्ण भूमिका हुने बताए । गौली नेपाल विद्यार्थी संघमा काम गरेका पुराना र अनुभवी नेता हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट