मुख्य समाचार

ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक आधार गुमाए : नेतृ पौड्याल

काठमाडौं । नेपाली कांग्रेसकका आमन्त्रित केन्द्रीय सदस्य रमा पौड्यालले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक आधार गुमाएकी बताएकी छन ।

नेपाली कांग्रेस सुर्यविनायक वडा नम्बर ६ भक्तपुरले आयोजना गरेको विरोध सभामा प्रमुख बक्ताको रुपमा रहेकी नेतृ पौड्यालले आफूलाई निर्वाचित गर्ने प्रनिधिसभा भंग गर्ने ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक आधर नभएकाे बताएकी हुन ।

विरोध सभालाई सम्बोधन गर्ने क्रममा पौडेलले नेकपालाई सत्ता बादरको हातमा नरिवतल जस्तै भएको बताएकी छन । नेपाली जनताले नेकपालाई दुई तिहाइ नजिकको मत दिएर पठाएको प्रतिनिधिसभा भंग गर्नुले नेकपालाई सत्ता बादरको हातमा नरिवल जस्तै भएको टिप्पणी गरेकी हुन । प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने गैरसंवैधानिक कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएपछि लोकतान्त्रिक संविधानको हत्या भएको उनले बताइन ।

नेतृ पौड्यालले मजदुर किसानको मसिहा ठान्ने कम्युनिष्ट पार्टीले लकडाउनको समयमा मजदुरको विचल्नी बनाएको र किशानलाई खेतिको समयमा मल विउँको अभाव सिर्जना गरेर सास्ती दिएको भन्दै सरकारको चर्को आलोचना गरिन ।

नेतृ पौड्यालले आजै नेपाली कांग्रेस भक्तपुर सुर्यविनायक वडा नम्बर १ भक्तपुरले आयोजना गरेको विरोध प्रदर्शन तथा सभालाई सम्बोधन गरेकी थिइन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट