मुख्य समाचार

पथलैया–अमलेखगञ्ज सडकखण्डमा एक पुरुषलाई बाघले लगेको आशंका, खोजी कार्य सुरु

बारा । पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने पथलैया–अमलेखगंज सडकखण्डबाट शनिवार बिहान बाघले एक जना पुरुषलाई जंगलतर्फ लगेको आशंकामा खोजी कार्य सुरु गरिएको छ।


अमलेखगंजस्थित नेपाल आयल निगमको डिपो देखी दक्षिणतर्फ रहेको सडक छेउको जंगलबाट बाघले अन्दाजी ४५ वर्षीय पुरुषलाई लगेको आशंकामा खोजी सुरु गरिएको हो ।

सडकमा हिडिरहेका पुरुष पिसाब फेर्न भन्दै नजिकैको जंगल पसेका थिए । जंगल पसेको केही बेर मैं ठुलो आवाजमा ति पुरुष चिच्याएपछि नजिकै रहेकी अर्की महिलाले प्रहरीमा खबर गरेकी थिईन् ।

खबर पाएपछि घटना स्थल पुगेको प्रहरीको टोलीले ती पुरुषलाई फेला पार्न नसकेपछि बाघले लगेको आशंका गरिएको हो ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी ईन्चार्ज प्रहरी नायाव उपरिक्षक दिपक श्रेष्ठका अनुसार जंगल भित्रबाट ठुलो आवाजले चिच्याएको पछि महिला भाग्दै प्रहरीलाई आएर जानकारी गराएको बताए ।

प्रहरीको टोलीले जंगल वरपरको क्षेत्रमा खोजी गरेपनि पुरुषको अवस्था फेला पार्न नसकिएको प्रहरी नायाव उपरिक्षक श्रेष्ठले बताए ।

सडक नजिकैको जंगलमा नभेटिए पछि निकुञ्जको चार वटा हात्तीमा सेना, प्रहरीको टोलीले पुरुषको खोजी सुरु गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट