अर्थ

नेपाल राष्ट्र बैंकले १० अर्ब बराबरको विकास ऋणपत्र विक्री गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब रूपियाँ बराबरको विकास ऋणपत्र विक्री गर्ने भएको छ । बैंकले ७ वर्ष अवधिको विकास ऋणपत्र २०८४(ङ) नामको ऋणपत्र विक्री गर्न लागेको हो ।

केन्द्रीय बैंकले उक्त ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण गर्ने बताएको छ । उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था,गैर-बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् ।

खरीदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ । उक्त ऋणपत्रको बोलकबोल माघ १३ गते मंगलवार अपरान्ह २ बजेसम्म हुने बैंकले बताएको छ। माघ १४ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा विसं २०८४ साल माघ १४ गते भुक्तानी हुनेछ ।

त्यस्तै इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्ब ५ करोड रुपियाँ, अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रूपियाँ छुट्याइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट