मुख्य समाचार

नेपालमा सुरु भो खोप लगाउन, पहिलो खोप डा. सागर राजभण्डारीले लगाए

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु भएको छ । सातै प्रदेशका ६२ अस्पताल र १२० केन्द्रबाट सूचीकृत व्यक्तिलाई खोप लगाउन थालिएको हो ।

प्रधानमन्त्री केपी ओलीले खोप कार्यक्रम सुरु गरेका हुन् । भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले भने, ‘कोभिडविद्धको लडाइँलाई माथि उठाएका छौँ। खोपमार्फत् यसलाई पराजित गर्न मूर्त रुपमा थालनी गरेका छौँ।’

उनले गएको एक वर्ष निकै कठिन भएकोसमेत उल्लेख गरे। ‘महामारीका रुपमा फैलिएको कोरोना भाइरसले आंशका, भयबीच चिकित्सक, नर्स, सुरक्षाकर्मी लगायतले गरेको समर्पणको उच्च मूल्याकन गर्दछु,’ ओलीले भने ।

पहिलो खोप सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुका निर्देशक डा. सागर राजभण्डारी र दोस्रो डा.अनुप बाँस्तोलाले लगाएका छन् ।

देशभरका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलगायतलाई पहिलो खोपको प्राथमिकता दिइने सरकारको तयार छ । अक्सफोर्ड र एस्ट्राजेनेकाले विकास गरेको ‘कोभिसिल्ड’ खोपको १० लाख डोज नेपाल आएको छ । खोप सबै प्रदेशमा पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ ।
यही माघ १८ गतेभित्र ७७ जिल्लाका तीन सय केन्द्रमार्फत करिब चार लाख ३० हजार नागरिकलाई खोप लगाउने सरकारको तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट