
काठमाडौं । केही दिनयता सुनको मूल्यमा तीव्र गिरावट आइरहेको छ । नेपाली बजारमा बुधबार सुनको मूल्य सात सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो । यस्तै बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । मंगलबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार सामान्य घटेर १२५० रुपैयाँमा कारोबार भएको हो ।