समाचार

सेनाका डा.भुवनराज कुँवरले लगाए कोरोनाविरुद्धको पहिलो खोप

काठमाडौं । आजबाट नेपालमा कोरोनाभाइरसविरुद्धको भ्याक्सिनेसन सुरु भएको छ । प्रधानमन्त्री केपी ओलीले खोप अभियानको शुभारम्भ गरेपछि बिहान १० बजेदेखि धमाधम खोप लगाउन थालिएको छ ।

यसैक्रममा नेपाली सेनामा सैनिक अस्पताल, छाउनीका सहायक रथी डा. भुवनराज कुँवरले पहिलोपटक कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

खोप लगाउन प्रोत्साहन गर्ने उद्देश्यले सिनियर अधिकृतबाटै खोप अभियोगको शुभारम्भ गरिएको नेपाली सेनाको जनसम्पर्क कार्यालयले जनाएको छ । छाउनीमा सैनिक अधिकारीहरुका अनुसार सरकारले दैनिक ३ सय जनालाई पुग्ने गरी खोप दिने भनेको छ । सेनाले देशभर फ्रन्टलाइनमा खटिएका २१ हजार ५ सयजना सैनिकलाई खोप लगाउनुपर्ने सरकारलाई भनेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट