मुख्य समाचार

विधानसम्मत् गठित संखुवासभा-अमेरिका जनसम्पर्क समितिलाई किन तानियो विवादमा ?

संखुवासभा कांग्रेसले दियाे बधाई तथा शुभकामना


काठमाडौं । कुनै पनि संस्था विधानअनुरूप चल्छ । कानुनी व्यक्तिको रूपमा रहेको संस्थाको आन्तरिक जीवन विधानले नै निर्धारण गर्छ । यी चाहे राजनीतिक दल हुन् वा सामाजिक संघसंस्था । प्रजातान्त्रिक संस्थामा त विधानको महत्व झनै बढी हुन्छ । प्रजातान्त्रिक संस्थामा विधिविधानमा आधारित भएर बहस छलफल अघि बढाइन्छ । सर्वसम्मत् नभएर बहुमतका आधारमा निर्णयमा पुगिन्छ । र, त्यो निर्णय सर्वस्वीकार्य हुन्छ । कार्यान्वयन गरिन्छ । जसले संस्थालाई निकास दिने र भावी दिन झन् उज्ज्वल बनाउने गर्छ ।

भारी बहुमतले गरेको निर्णयलाई लिएर लोकतान्त्रिक संस्थाभित्र टीकाटिप्पणी हुनु र समानान्तर कामको सुरुवात हुन सुखद र शोभनीय होइन । यसले न संस्था न त व्यक्तिको नै हित गर्छ । यसले प्रजातान्त्रिक संस्थाको धज्जी उडाउने र व्यक्तिलाई गैरलोकन्त्रिक बनाउनेसिवाय अरु कुनै लाभ दिँदैन ।

अहिले संखुवासभा–अमेरिका जनसम्पर्क समितिभित्र विधान र बहुमतको हुर्मत लिएर अवैधानिक तवरका क्रियाकलाप सञ्चालन गर्न थालिएकाले लोकतन्त्रवादीहरू चिन्तित बनेका छन् । विधानको व्यवस्थालाई टेकरे भारी बहुमतको निर्णयबाट अध्यक्ष पदबाट हटाइएका कृष्ण गिरीले विधानविपरीत आफू वैधानिक भएको भन्दै हिँड्न थालेपछि यस्तो टीकाटिप्पणी हुन थालेको हो ।
गिरीले संस्थाका बहुमत सदस्यहरूको मात्र होइन, विधानको समेत खिल्ली उडाएका छन् । समितिको बहुमत भेलाले गिरीलाई हटाएर संयोजक पदमा चयन भएका विनोद गौलीले अमेरिकामा छरिएर रहेका संखुवासभाका कांग्रेसीलाई समेटेर कार्यसमितिलाई पूर्णता दिएका छन् ।
विधानको आर्टिकल ४ को सेसन ४ अनुरूप बहुमत सदस्यले अध्यक्षबाट गिरीलाई हटाएका हुन् । सेसन ४ को रिमुभवल एन्ड रजिस्ट्रेसन शीर्षकमा बोर्ड अफ डाइरेक्टरले कुनै कारण वा विनाकारण अध्यक्ष हटाउन सक्ने उल्लेख छ । विधानको सोही व्यवस्थालाई टेकेर अध्यक्ष पदबाट हटाइएका गिरी अहिले नवगठित समितिलाई अवैधानिक भन्दै हिँड्न थालेका छन् । उनको यो दाबीपछि यतिबेला नयाँ कार्यसमति वैधानिक कि अवैधानिक भन्ने बहस सतहमा आएको हो ।

तत्कालीन महासचिवले तयार पारेको नयाँ विधानअनुसार अध्यक्ष गिरीले ६ महिनासम्म बैठक बसाउन नसकेको कारण बैठकले पारित गरी लागू हुन सकेको थिएन । प्रयोगमै नआएको विधानको व्यवस्था देखाएर गिरीले वर्तमान समितिको वैधतामाथि संखुवासभा–अमेरिका जनसम्पर्क समितिप्रति प्रश्न चिन्ह उठाउँदै आएका छन् । समितिले पासै नगरेको र दर्तासमेत नभएको विधान देखाउँदै वर्तमान समिति अवैधानिक भएको तर्क गर्दै आएका छन् ।
संखुवासभा–अमेरिका जनसम्पर्क समितिको वर्तमान कार्यसमिति विधानसम्मत नै भएको समितिका सचिव दिनेश डाँगी बताउँछन् । दुई तिहाइ मतले नै नयाँ संयोजक चुनिएको बताउँदै डाँगीले सामाजिक सञ्जालमा फैलाइएको हल्ला यथर्थभन्दा फरक रहेको स्पष्ट पारे ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाले गौली नेतृत्वको संखुवासभा–अमेरिका जनसम्पर्क समितिका पदाधिकारी, सदस्य र सल्लाहकारहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ । पार्टी सचिव डम्बर प्रसाद बस्नेतद्वारा हस्ताक्षरीत बधाई तथा शुभकामना पत्रका गौली नेतृत्वको कार्यसमितिका पदाधिकारी, सदस्य र सल्लाहकारलाई बधाई तथा सुभकामना लिइएको हो ।
यस्तो छ, नेपाली कांग्रेस संखुवासभा जिल्ला कार्यसमितिले दिएकाे बधाई तथा शुभकामना

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट