ताजा समाचार

किन गए सरकारका सचिव गङ्गामायाको स्वास्थ्य बुझ्न ?

काठमाडौं । गृहसचिव महेश्वर न्यौपाने र कानून सचिव ऋषि राजभण्डारीसहितको टोलीले वीर अस्पतालमा उपचाररत गङ्गामाया अधिकारीको अवस्थाबारे बुधबार जानकारी लिएका छन्। सचिवद्वयसहितको टोलीले वीर अस्पतालमा पुगेर उनको उपचार प्रबन्धबारे समेत अस्पतालका अधिकारीसँग छलफल गरेका छन् । गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेका अनुसार टोलीले उनलाई स्वास्थ्यको ख्याल गरी अनसन तोड्न आग्रह गर्दै मागका विषयमा कानूनअनुसार आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको लामिछानेले जानकारी दिए । टोलीमा काठमाडौँका प्रमखु जिल्ला अधिकारी कालिप्रसाद पराजुली र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीकोसमेत सहभागिता थियो ।

द्वन्द्वका समयमा छोरा कृष्णप्रसाद अधिकारीको माओवादीले हत्या गरेको भन्दै दोषीलाई कारवाहीको मागसहित उनी लामो समयदेखि अनशनरत छिन् । उनका पति नन्दप्रसाद अधिकारीको पनि अनशनकै क्रममा निधन भएको थियो । उनको अझै अन्तिमसंस्कार हुन सकेको छैन। अनशनकै क्रममा स्वास्थ्य अवस्था गम्भीर भएपछि गंगामाया अहिले वीर अस्पतालमा उपचाररत छिन् ।
यति लामो समयसम्म अनशनमा बसेकि गंगामायाको स्वास्थ्यबारे चासो नराखेको सरकारले अहिले भने चासो राख्नुलाई गंम्भिरताको साथ हेरिएको छ। केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व लडाकु तथा घाइतेलाई सरकारले आरक्षण र व्यवस्थापन गरिदिने आश्वासन दिएर पूर्व लडाकुलाई आफ्नो पक्षमा ल्याउन खोजेका थिए ।
सरकारले पूर्व माओवादीसँग सम्बन्धित मुद्धालाई फेरि ब्यूउँझाउन खाजेको होकि भन्ने आशंका गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *