समाचार

प्रचण्डले गरेको भैंसी पूजालाइ ओलीले पशुपतिमा पूजा गर्नुजस्तो स्वभाविक मानिंदैनः सुर्य थापा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पशूपतिमा पूजा गरेको विषयमा सर्वत्र चर्चा र आलोचना भएपछि नेकपा ओली समूहका नेता कार्यकर्ता बचाउँमा उत्रिएका छन् । प्रम ओलीको बचाउँ र अन्य नेताको खैरौ खन्न साइबर सेना नै बनाएको नेकपा ओली पक्षले प्रमको हरेक गतिविधिलाई सकारात्मक देखाउने प्रयास गरिरहेका भेटिन्छन् ।

पटक पटक प्रधानमन्त्री हुँदा समेत पशुपतिनाथ नपुगेका प्रम ओलीले यो पटक माघ १२ गते बिहान पशुपतिमै पुगेर विशेष पूजा र दीपप्रज्वलन गरेका थिए । कम्युनिष्ट प्रधानमन्त्री भएर मन्दिर धाएको भन्दै उनको आलोचना भएका थिए ।
तर ओलीले पशुपतिनाथमा पूजा गरेको विषय सर्वत्र प्रशंसा भएको प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्। ओलीको पक्षमा आँखा चिम्लेर प्रशंसा गर्ने तर अरुको अस्वस्थ आलोचना गर्न समेत पछि नपर्ने सल्लाहाकार थापाले केही वर्ष अघि प्रचण्डले भैंसी पूजा गरेको तस्वीरलाई समेत पोष्ट गरेर कटाक्ष गरेका छन् ।

उनले दुई तस्वीर राखेर ओलीको पशूपतिनाथको पूजालाई प्रष्टाउन खोजेका छन् ।

बिहीबार बिहान फेसबुकमा तस्वीरसहित स्टाटस लेख्दै सल्लाहकार थापाले पशुपतिनाथमा पूजाआजा गरेजस्तो भैंसी पूजा स्वभाविक मानिँदैन भनेका छन्। थापाले लेखेको छन्, ‘सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो । दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ ।’

अर्को तस्वीरको बारेमा लेख्दै थापा भन्छन्, पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो !
भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिंदैन । बुझ्ने आआफ्नै स्तर हुन्छ ।

हेराैं के लेखेका छन् थापालेः

पहिलो तस्बिर :
प्रधानमन्त्री एवं पशुपति विकास कोषका संरक्षक केपी शर्मा ओलीेले माघ १२ गते बिहान ८ः३० बजे श्री पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माणकार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयो ।

सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो ।
पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको छ ।

दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ ।
दोस्रो तस्बिर :
पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो !
भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिंदैन ।
बुझ्ने आआफ्नै स्तर हुन्छ ।
फरकचाहिं यत्ति हो
!

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट