अर्थ

चिनी उद्योगी राकेश अग्रवाल पक्राउ

काठमाडौं । चिनी उद्योगी राकेश अग्रवाल पक्राउ परेका छन् । समयमा उखु किसानको रकम भुक्तानी नगरेको आरोपमा प्रहरीले इन्दिरा सुगर मिल एण्ड एग्रो प्रालि नवलपरासी तथा अन्नपूर्ण सुगर मिल प्रालि सर्लाहीका सञ्चालक रहेका अग्रवाललाई बुधबार राति त्रिपुरेश्वरस्थित घरबाटै पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । किसानहरुले चिनी मिलबाट पाउनुपर्ने रकम भुक्तानीको माग राख्दै गत मंसिर २८ गतेबाट आन्दोलन सुरु गरेका थिए । लामो समयसम्मको आन्दोलन पछि पुस १३ गते उखु किसान संघर्ष समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबिच सम्झौता भएको थियो ।

उद्योग मन्त्रालयका प्रतिनिधि र किसानबिच भएको उक्त सम्झौतामा चिनी उद्योगीले किसानलाई तीन हप्ता अर्थात् २१ दिनभित्र सबै रकम तिरिसक्नुपर्ने उल्लेख थियो। तर सम्झौताको समयावधि माघ ५ गते नै सकिँदा पनि किसानहरुले अझै सबै रकम पाएका छैनन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट