रिबन

सूर्य थापाको कटाक्ष, भैँसीको पूजा गर्ने प्रचण्डसँग पशुपतिमा पूजा गर्ने ओलीको तुलना हुन सक्दैन

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा अति अशिष्ट बन्दै गएका छन् । खासगरी प्रचण्ड र माधव नेपालविरुद्ध उनी उग्र भएर लागेका छन् ।

बिहीबार बिहानै थापाले प्रधानमन्त्री केपी ओली पशुपतिनाथको पूजा गर्ने भए पनि पुष्पकमल दाहाल प्रचण्ड भैँसीको पूजा गर्ने व्यक्ति भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ भइरहेका बेला ओली पशुपतिनाथमा पुगेर पूजा गरेपछि आलोचनासमेत भएको थियो । तर प्रधानमन्त्रीका सल्लाहकार रहेका थापाले भने यो कुराको सर्वत्र प्रशंसा भएको उल्लेख गरेका छ्न् ।

‘प्रधानमन्त्री एवं पशुपति विकास कोषका संरक्षक केपी शर्मा ओलीेले माघ १२ गते बिहान श्री पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माण कार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयो, ’ थापाले फेसबुकमा लेखेका छन्, ‘सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो । पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको छ । दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ ।’

पशुपतिको पूजा गर्ने ओलीसँग भैँसी पूजा गर्ने दाहालको तुलना गर्न नमिल्ने पनि जिकिर गरेका छन् । ‘पुष्पकमल दाहालले आफ्नो शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियो’ दाहालले भैँसीको पूजा गरेको तस्बिर पोष्ट गर्दै थापाले लेखेका छन्, ‘भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणको लागि पूजा गर्नुजस्तो स्वभाविक मानिंदैन । बुझ्ने आ–आफ्नै स्तर हुन्छ । फरक चाँही यत्ति हो ।’
बालुवाटारमा जनताले तिरेको करको तलबभत्ता बुझ्दै जनता र पार्टीका नेतालाई गालीगलौज गर्ने थापाको दैनिकी नै बनेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट