
काठमाडौं । संवैधानिक परिषद्ले गरेको नियुक्ति रोक्न माग गर्दै सरकारविरुद्ध सर्वोच्च अदालतमा फेरि अर्को रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नियुक्ति रोक्न माग गर्दै रिट निवेदन हालेका हुन् ।
त्रिपाठीले राष्ट्रपतिको कार्यालय, नेपाल सरकार र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध रिट निवेदन पेस गरेका हुन् । रिट निवेदनमा त्रिपाठीले विभिन्न ११ वटा आयोगमा संविधानविपरित संसदलाई छलेर नियुक्त गर्न लागिएका पदाधिकारी तथा सदस्यहरुको नियुक्ति बदरभागी भएको भन्दै उक्त नियुक्ति रोक्नको लागि रिट निवेदन दिएका हुन् ।