कला/साहित्य

कटौता

१,
सधैँ भत्किने
गोलै गोल घेराको
डोरीले तन्काएको ।
२,
खोक्रो जीवन
पलाउँदै झरेको
हावाले गुम्स्याउँदा ।
३,
खरो वचन
आडम्बरी ससार
एक्लो हुँदाको मन ।
४,
दिलको छेउ
वास बस्न खोजेँ
ध्यान गर्दै ढोगेको ।
५,
मन त चोखो
रहर भित्र घुस्दा
खडेरी निस्किहाल्छ ।
६,
मीठो वचन
झ्याङ्गिएको लहारा
उखाल्न खोज्ने हावा ।
७,
सहर छिर्दा
छरिएको फोहर
नाक थुन्दै दौडेको ।
८,
चैतको झोक्का
ढाल्न खोज्ने बतास
मनको भूइँचालो ।
९,
मन सम्झिँदै
आफै नै उभ्भिएको
एक्लै-एक्लै हाँसेको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *