फिचर

महिला हिंसाविरुद्ध सिंहदरबार महिला मार्च, शंख फुक्दै निकालियो शव जुलुस

काठमाडौं । बृहत् नागरिक आन्दोलनले महिला हिंसाविरुद्ध ‘महिला मार्च’ निकालेको छ । मार्चमा महिलाले पुत्ला निकालेर शंख फुक्दै जुलुस निकालेका छन् ।

जुलुसमा सहभागी अग्रपंक्तिका महिला र पुरुषले सेतो कपडा लगाएका छन् । पछाडिपट्टि प्रतिगमनको पुत्लालाई बाँसको खट्टीमा राखेर मलामी जुलुस निकालिएको हो ।

महिला मार्चमा सहभागीले महिला हिंसा मुर्दावाद भन्दै नारा लगाइएको छ । सयौं मानिस महिला मार्चको प्रदर्शनमा सहभागी छन् । वसन्तपुरबाट प्रदर्शन न्युरोड—रत्नपार्क—भद्रकालीसम्म पुगेको थियो। प्रदर्शनमा सहभागीले ‘बलात्कारीलाई फाँसी दे’ ‘हत्यारालाई कारवाही गर्’ लगायतका नारा लगाएका थिए। 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *