कला/साहित्य

सेडोका कविता

१,
हरेस खाँदा
बन्यो आत्मा शिथिल
गाडिएछ आपत्ति ।
आँट गरेर
जीवन डोर्याउँदा
सुखद अनुभूति ।
२,
स्वार्थमा डुबी
अँगालेको कुकर्म
आफैलाई पन्छाई ।
मान्छेको सोंच
मौसम बनेर नै
देखाउँछ नियत ।
३,
सङ्कटकाल
आपसी द्वन्दभित्र
रुमलिएको रिस ।
डरत्रासमा
हातेमालो गर्दा
जीवन फराकिलो ।
४,
रिस पोखिँदा
छुटेको रेल जस्तै
बन्यो माया बिरानो ।
झगडा गर्दा
गुमेको मित्रताको
साइनोमा दरार ।
५,
भिरालो बाटो
दौडँदै अघि बढ्दा
ठडिन अति गार्हो ।
शङ्कालु माया
मनमा चिसो पस्दा
साँघुरिने समय ।
६,
आरोप खेप्दै
खुम्चेको मन बाँध्दा
आफैँदेखि वितृष्णा ।
झुठो मुद्दाले
झस्किएको मनमा
पीडा बन्दै तेर्सियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *