राजनीति

कांग्रेसको विरोधसभामा ओलीका कार्यकर्ताको आक्रमण

महेन्द्रनगर । बैतडीमा नेपाली काँग्रेसको विरोधसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षका कार्यकर्ताले आक्रमण गरेका छन् । ढुंगाले लागेर काँग्रेस केन्द्रीय सदस्य एवम् नेता साउद गम्भीर घाइते भएका छन् ।

बैतडीको डिलासैनी गाउँपालिका–३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका हुन् । ढुंगामुढा गर्दा नेपाली काँग्रेस नेता एवं एनपी साउदसहित काँग्रेस कार्यकर्ता घाइते भएका छन् । सो सभामा काँग्रेस नेतृ डा. डिला संग्रौला र नैनसिंह महरलगायतको सहभागिता रहेको छ ।

घटनाको सम्बन्धमा नेपाली कांग्रेसले जारि गरेको पत्र जस्ताको तस्तै 
डिलासैनी घटना निन्दनीय । सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी ।बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेकोे समयमा आज अपरान्ह प्रधानमन्त्री के.पी. शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय छ । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एन.पी. साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्व सभापति नैनसिंह महर सहभागी कार्यक्रममा भएको ढुंगामुढाबाट पार्टीका केही साथीहरू घाइते हुनुभएको छ भने केही सवारी साधनमा तोडफोड समेत गरिएको छ । एक्कासि भएको आक्रमण पश्चात् पार्टीका तरुण साथीहरूले तत्कालै प्रतिवाद गरेको केहिबेरपछि कार्यक्रम सुचारू भएको थियो । 

सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको हाम्रो ठहर छ । यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कार्वाही गर्न माग गर्दछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *