राजनीति

प्रदेश २ का प्रमुख झाले लिए सपथ

काठमाडौं । प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले सपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई पद तथा गोपनियताको सपथ ग्रहण गराए ।

सपथग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले रौतहटका राजेश झा ‘राजेश अहिराज’ लाई प्रदेश २ को प्रमुखमा नियुक्त गरेका हुन् ।

मधेश मामिलामा विद्यावारिधी गरेका झा पत्रकारितामा पनि संलग्न छन् । यसअघिको प्रदेश प्रमुख तिलक परियारलाई पद गरिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *