कला/साहित्य

कटौता

१,
पानीको वर्षा
बिग्रेको छाता देख्दा
बुझेँ दोधारे मन ।
२,
उठेर हेर्दा
बोट पारिजातको
ओइलेलिएको गन्ध ।
३,
मान्छेको बिर्ता
बाँचेर मर्नुपर्दा
पचायौ आफैलाई ।
४,
गुमेको होस
अलपत्र जीवन
भारी बोक्दै दौडेको ।
५,
शङ्का उब्जिँदा
टुक्रियो सिङ्गो रुख
टुटेछ जाने बाटो ।
६,
माटो कोपार्दा
उब्जिएछ टुसामा
दैव आफ्नै जीवन ।
७,
पैताला खोज्दा
दुलोभित्र लुकुको
हल्लिएको दिमाग ।
८,
सलाइ कोरेँ
दाउरामा झोसेको
टिप्दै टिपेन झिल्का ।
९,
नाफा कमाए
जिब्रो टोक्दै कुदेको
बालुवामाथि पानी ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *