कला/साहित्य

तन्का कविता

१,
तातो अगेनाे
सुकुटी सुकाउँदा
पग्लेको बोसो
भिजेको बाक्लो ओठ
खेलाउँदा मस्केको ।
२,
ठक्कर लाग्दा
पर्खाल भत्किएछ
सानो चोइटा
पाक्न थालेको घाउ
खाटा लाग्न खोजेको ।
३,
खोतल्न थाल्यौँ
गहिरिएर भुइँ
टुसो उमार्न
झुक्याएर लैजाला
हामीलाई पछार्दैँ ।
४,
जुधेको आँखा
सपना सुनाउँदा
कालो पहाड
सर्पले लघारेको
चितुवाले चिथोर्दा ।
५,
मन भिजेछ
जति सुकाए पनि
बीचैमा दाग
धुन खोजेको त हो
घाम लाग्दै लागेन ।
६,
हावा करयो
रोएको अन्धकार
आँसु झरेछ
भिजाउँदा चिस्सेको
रातो थोपा टाँस्सेको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट