कला/साहित्य

एक शिक्षकको अपिलः मेरा विद्यार्थी के जानुन् ?

कविताः मेरा विद्यार्थी के जानुन् ?

हर दिन एक नया सोच लिएर आउन
जग्मग जग्मग ज्ञानको दियो जगाउन
हास्न सिकुन् किताब कापी कलम सँग
खोज्दै सुनौलो भोलिको जीवन तरंग

नयाँ नयाँ प्रविधी बिज्ञान सङ्ग घुलुन
ज्ञान बटुलि आफ्नो सँस्कृती नभुलुन
लड्न सिकुन कुरीती-बिकृती सङ्ग
खोज्दै सुनौलो भोलिको जीवन तरंग

बरु डार्विन, न्युटनका नियम भुलुन
आफ्नो जिवनको सिद्धान्त नभुलुन
परुन आफै हेरि ऐनामा आफैमा दङ्ग
खोज्दै सुनौलो भोलिको जीवन तरंग

बरु नबुझुन अरस्तु-सुकरात दर्शन
बुझन सकुन आफ्नो जो दिव्य मन
बाच्न सिकुन दुखमा पनि खुसी सङ्ग
खोज्दै सुनौलो भोलिको जीवन तरंग

नचिनुन केही छैन शेक्सपियर लाई
तर चिन्न सकुन आफुले आफुलाई
भुल नहोस कुनै मन र आँखा सङ्ग
खोज्दा सुनौलो भोलिको जीवन तरंग

जात धर्मको कुनै अफिम नपिउन
मान्छे हरु सङ्ग मान्छे बनेर जिउन
अटुट ठानुन नाता जन्म भुमी सङ्ग
खोज्दै सुनौलो भोलिको जीवन तरंग

बिश्वको जुनै कुनामा टिक्न सकुन
आफ्नै कामले र नामले बिक्न सकुन
गुनासो छैन मलाइ भनेको नमानोस
मेरा विद्यार्थीले मात्र जिउन जानोस

लेखकः सुसिल सुस्केरा, गाेरखा सिरानचाेक, ५

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *