कला/साहित्य

आमाको स्वप्नभङ्ग

सुन्दर सपना देखिरहिन् आमाले
सन्तानको सुख शान्ति नियालिरहिन्
तर भत्काउदैछ निद्रा कसैले उनै आमाको
किन तेर्स्याउँछ सङ्गिन कसैले आमाको छातीमा ?
नजिक पर्नै नदिने छ दाउ उसको आफन्तलाई
बख्तरबन्द गाडी तैनाथ गराउदैछ उसले
निस्पट्ट रात खोजेर
उफार्दैछ रे आबारा दिउसै
आँगन र ढाटमा
आतङ्कित त्रसित छन्
घरका जहान छोराछोरी
आफ्नै आमाको स्वप्नभङ्गमा ।
दुस् खको आँसु देखाउलिन् भनेर आमालाई
दिंदैन ऊ छेउ पर्न आफन्ती जन कसैलाई
करुणा दया रित्तिएछ उसभित्र
देखावटी ममता माया पलाएछ क्यारे उसभित्र१
बिरालोझैँ बसिरहेछ ताउ लाएर जुँगामा
कुटिल चाल रच्तैछ रचिरहेछ
र, मानिरहेछ दुस्मन सहोदर बन्धु बान्धवलाई
टेडो आँखाले हेर्दैछ ऊ
दायाँबायाँ टिठ्याएर लेख्तैछ ऊ
लाग्छ, ठान्दैछ उसले पराया
हनुमानबाहेक सारालाई।

मादी, सङ्खुवासभा
हालस् लोकन्थली,भक्तपुर

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *