अर्थ

सुनको मूल्य आठ सयले बढ्यो, चाँदीको भने घट्यो

काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । केही दिनदेखि ओरालो लागेको सुनको मूल्य आइतबार प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।

आज छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । त्यस्तै, तेजाबी सुन ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदीको मूल्य भने घटेको छ । प्रतितोला ५ रुपैयाँ घटेर आइतबार चाँदी १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट