
काठमाडौँ । बलिवुड अभिनेत्री करीना कपूर दोस्रो पटक आमा बनेकी छन् ।करीनाले आइतबार विहान छोरालाई जन्म दिएकी हुन् । भारतीय मिडियाका अनुसार करीनाले मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा छोरालाई जन्म दिएकी छन् ।
२०१२ मा अभिनेता सैफअली खानसँग वैवाहिक बन्धनमा बाधिएकी करीनाले यसअघि २०१६ मा तैमुरलाई जन्म दिएकी थिइन् ।
अभिनेता सैफको भने करीनासँग दोस्रो विवाह हो । सैफको पहिलो श्रीमती अमृता सिंहसँग दुई सन्तान छन् । जसमा सारा अली खान बलिवुडमै स्थापित भइसकेकी छन् भने उनका भाई इब्राहिम पनि बलिवुडमा आउने तयारीमा रहेका छन् ।