समाचार

आफ्नै बुबा र मामाले गरे नाबालकको अपहरण

जनकपुर । धनुषामा आफ्नै बुवा र मामाले बालक अपहरण गरेको पाइएको छ । अपहरित बालक ७ घण्टापछि उद्दार गरिएको प्रहरीले जनाएको छ ।

नगइराइन नगरपालिका ६ निवासी रमेश दासका ७ वर्षीय छोरालाई प्रहरीले सकुशल उद्धार गरेपछि ती बालकको अपहरणमा उनको बुवा र मामाको संलग्न रहेको रहस्य खुलेको हो ।

प्रहरीले अपहरणमा संलग्न रहेको अभियोगमा बालकका बुबा रमेश र दुई मामालाई पक्राउ गरेको छ । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहका अनुसार, ती बालक शनिवार दिउँसो १ बजे अपहरणमा परेका थिए । राति ८ बजे जनकपुरस्थित माछा बजारबाट सकुशल उद्दार गरिएको थियो ।

बुबा हरिचनसँग रकम असुल्न रमेशले आफ्नै छोरा अपहरणको नाटक गरेको आशंका छ । सो घटना थप रहस्यमय रहेको डीआईजी सिंहले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *