खेलकुद

जोकोभिचले जिते अस्ट्रेलियन ओपनको उपाधि

काठमाडौँ । नोभाक जोकोभिच अस्ट्रेलियन ओपनको पुरुष सिंगलको उपाधि जितेका छन् ।


आइतबार सम्पन्न फाइनल खेलमा जोकोभिचले रुसका डानिएल मेडभेडेभ ७-५, ६-२ र ६-२ को सोझो सेटमा पराजित गर्दै अस्ट्रेलियन ओपनको उपाधि जितेका हुन् ।

यो जोकोभिचको नवौं अस्ट्रेलियन ओपनको उपाधि हो भने उनले लगातार तीन बर्ष यो उपाधि जितेका छन् ।

त्यस्तै आफ्नो क्यारियरमा २८औं पल्ट ग्रान्ड स्लाम फाइनल पुगेका जोकोभिचले १८औँ ग्राण्ड स्लाम उपाधि जितेका छन् ।

जोकोभिचले अस्ट्रेलियन ओपन ९ पटक जितेका छन् भने विम्बल्डन ५ पटक, युएस ओपन ३ पटक र फ्रेन्च ओपन एक पटक जितेका छन् ।

अब सर्वाधिक ग्राण्ड स्लाम जित्ने रोजर फेडेरर र राफेल नाडालको किर्तिमानबाट अब जोकोभिच २ उपाधि टाढा रहेका छन् । फेडेरर र नाडालले २०-२० ग्राण्ड स्लाम जितेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *