प्रदेश नं. १

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव पेश

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश भएको छ।

मुख्यमन्त्री राईपक्षले बहिष्कार गरेपछि ढिलो गरी सुरु भएको प्रदेश सभा बैठकमा अविश्वासको प्रस्तावका प्रस्तावक सांसद इन्द्रबहादुर आङ्बोले संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली २०७४ को १२९ (१) बमोजिम पेश गरेका हुन् ।


आइतबार पनि बैठकअघि मुख्यमन्त्री शेरधन राईले सभामुखलाई पत्र पठाएर यसबारे स्मरण गराएका थिए । तर सभामुख प्रदीपकुमार भण्डारीले बैठक राखेका हुन् । बैठकमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव पेश भएको छ ।

अविश्वास प्रस्ताव पेश हुनेवित्तिकै सभामुख भण्डारीले बैठक स्थगित गरेका छन् । अब अर्को बैठक फागुन २० गते दिउँसो १ बजे तोकिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट