प्रदेश नं. १

सोमवार बेलटारमा लागू औषध दुर्व्यसनसम्बन्धी एक दिने कार्यक्रम सञ्चालन हुने

उदयपुर । नार्कोन नेपालले उदयपुरमा लागू औषध दुर्व्यसनसम्बन्धी एक दिने कार्यक्रम गर्ने भएको छ । चौदण्डीगढी नगरपालिकाको केन्द्र बेलटारमा संचालन गरिने कार्यक्रमलाई लागू औषध बिज्ञ तथा पूर्वप्रहरी अधिकृत वसन्त कुमार कुंवरले प्रशिक्षण दिने पूर्वप्रहरी संगठन चौदण्डी नगर कार्य समितिले जानकारी दिएको छ । पछिल्लो समय किशोर किशोरी तथा युवाहरुमा लागू औषधको कुलत बढ्दै गएकाले अभिभावकहरुमा चिन्ता बढेकोमा आज सोमबार हुने कार्यक्रमले सकारात्मक सन्देश जाने बिश्वास लिइएको जानकारहरु बताउछन् ।
करिव आधा दशक अघि द्वन्द्को समयमा स्थानीय प्रहरी प्रसाशनको सदरमुकाम स्थान्तरले यस क्षेत्रमा लागू औषध तथा दुब्र्यसनले गाज्न थालेको हो । अधिकांस घरमुलि बैदेशिक रोजगारमा जानू परिवारका अन्य गार्जेनलाइ नटेर्नु यसको मुल जड रहेको स्थानीय जेष्ठ नागरिकहरु बताउछन ।

नार्कोन नेपालका संस्थापक तथा पूर्वप्रहरी अधिकृत वसन्त कुमार कुवर लागू औषधको अन्तर्राष्ट्रिय स्तरका बिज्ञका रुपमा परिचित छन् । जनप्रतिधि , शिक्षक , परत्रकार , सहितको भेलामा बिशेषज्ञ कुवरले लागू औषध , दुब्र्यसनलाई निरुत्साहित गर्न आफ्ना अनुभबलाई अन्तक्रियामार्फत ब्यक्त हुदा कोसेढुङ्गा साबित हुने पूर्व प्रहरी संगठन चौदण्डी गढी नगर कार्य समितिका अध्यक्ष कृष्ण पराजुलीले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *