
एजेन्सी। भारतीय रियालिटी शो बिग बोसको १४ औं संस्करण उपाधि रुबिना दिलेकले जितेकी छिन् । उपाधिसँगै उनले ३४ लाख भारु हात परेकी छिन् ।
टेलिसिरियल छोटी बहुकी कलाकार रुबिनाले श्रीमान अभिनव शुक्लासँगै बिग बोसमा भाग लिएकी थिइन् । बिग बोसको फस्ट रनरअप अभिनेता राहुल वैद्य बनेका छन् । रियालिटी शोको सञ्चालन अभिनेता सलमान खानले गर्दै आएका छन् ।