मुख्य समाचार

बारपाकमा एकै परिवारका तीन जना मृत फेला

काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका -१ स्थित बारपाकमा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार मृत भेटिनेमा ८४ वर्षीय डिलबहादुर गुरूङ, २१ वर्षीया आइतकुमारी गरूङ र १३ वर्षीया उषा गुरूङ रहेका छन् । राति सामान्य रुपमा सुतेका उनीहरू बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले बोलाउन जाँदा मृत भेटिएका थिए ।

उक्त घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट